माघ २३ : दलाल पँजीवादी ब्यवस्थाको कुरुपता र क्रुरतलाई भण्डाफोर गरी नयाँ चेतनाको विकास गर्दै वैज्ञानीक समाजवाद प्राप्तिको बाटोमा अगाडि बढ्ने उद्देश्य सहित पर्सा जिल्लामा समिति गठन भएको छ ।
समाजवादी बौद्धिक शिविर नेपालको केन्द्रिय तदर्थ समिति सचिव रन्जु कुमारी रेग्मीको उपस्थितिमा सम्पन्न प्रथम जिल्ला भेलाले डा.अजय यादवको संयोजकत्वमा ११ सदस्यीय पर्सा जिल्ला समिति गठन गरेको छ ।
मानव समाजको रुपान्तरणका लागी अग्रगामी विचारको निर्माण, रक्षा र प्रचार गर्ने संकल्प रोखेको वौद्धिक शिविरले आगामी दिनमा अझै शसक्त रुपमा काम कार्य सम्पादन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै मानव जातिको मुक्ति र पर्यावरणको रक्षाका खातिर समाजवादी बौद्धिक शिविरमा आबद्ध भएर योगदान गर्न समस्त बुद्धिजिवीहरुलाई आग्रह गरेको छ ।
डा.अजय यादवको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा प्रमोद पाण्डे, रामनरेश यादव, हृदयमोहन लाल दास, शोभाकान्त झा, नन्दलाल प्रसाद गुप्ता , मन्जु पण्डित,भागिरथी प्रकृति , बैद्यनाथ श्रमजीवी र सीता शर्मा रहेका छन भने समितिका सचिवमा दिक्षा सुवेदी रहेकी छिन।