माघ २४ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो ।
आइतबार मध्यराति १२ बजेदेखि नयाँ आदेश लागु भइसकेको छ । नयाँ आदेशमा पनि यसअघिको जस्तै सबै प्रकारका आमसभा, जुलुस, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजार र मानिसको भिडभाड हुने अरू कार्यहरू गर्न रोक लगाइएको छ ।
यस्तै गएराति १२ बजेदेखि जोरबिजोर प्रणाली समेत हटेको छ ।
जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिडिओद्धारा जारी आदेश :