यूएईद्वारा नेपालसामू १७६ रनको लक्ष्य प्रस्तुत, उत्कृष्ट ब्याटिङको अपेक्षा

फागुन १० : आईसीसी टि (२०) विश्वकप छनोट ‘ए’ को पहिलो सेमिफाइनल खेलमा युएईले नेपालसामू १७६ रनको विशाल स्कोर खडा गरेको छ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो ।

युएईका लागि महमद वासिमले ७०, युवा विकेटकिपर वृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७ र जवर फरिदले ११ रनको योगदान दिए।

प्रतियोगिताकै खराब बलिङ प्रदर्शन गरेको नेपालका लागि बलहरु अविनाश बोहोरा र जितेन्द्र मुखियाले समान ३ र ३ विकेट र कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।

प्रतियोगिताको बिजेता टोलीले फाइनलमा ओमान र आइरल्याण्डको बिजेतासँग फाइनलमा भिड्ने छ । अहिले दोस्रो सेमिफाइनलमा ओमान र आइरल्याण्डबीच पनि खेल भइरहेको छ।

फाइनल खेल्ने दुई टोली आगामी विश्वकपमा छनौट हुनेछन्।