हंङ्कङमा कोभिड को प्रकोप अत्याधिक रुपमा वृद्धि

२२ फेब्रुवरी २०२२ ,

आज हङकङमा ७५०० जना कोविड संक्रमण देखिएको छ । हाल सम्ममा १६ जनाको मृत्यु भएको छ जसमा  ११ महिनाको बच्चा समेत रहेका छन ।

हालसम्म पहिलो खोप ८८.५ % , दोस्रो खोप ७६.२ %  र  तेस्रो खोप २२.६% ले मात्र प्रयोग गरेको तथ्याङक स्वास्थ विभागले जानकारी गराएको छ।

हंङकङ सरकारले सामाजिक दुरि कायम गर्नका लागि २ जना भन्दा बढिको समुहमा नहिड्न सुचित गरेको छ । स्थानिय क्लब तथा रेष्टुरन्टमा कोरोना को उच्च जोखिम रहेको हुदा  सार्वजनिक ठाँउमा जानको लागि  भ्याक्सिन लगाएको क्युआर कोड स्क्यान गरेर मात्र प्रवेश दिने नियम २३ फेब्रुवरबाट लागु हुने जनाएको छ ।

हङकङको पुलिस फोर्सलाई समेत कोरोना नियन्त्रणको लागि बिशेस टोलि बनाएर खटाएको छ । हस्पिटलमा बेडको अभाव क्वारेन्टाईनको लागि होटल रुमको अभावको कारण पोजेटिभ देखिएका व्यक्तिहरुलाई होम आईसोलेसनमा बस्न  जानकारी गराएको छ ।

#हंङकङ बिशेष