डौडधुपमा प्रचण्ड: माधव, झलनाथ र उपेन्द्रसँगको छलफललगत्तै बालुवाटार

फागुन १२ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुरसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् ।

त्यसअघि सिंहदरबारमा दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मााधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

उक्त छलफलमा एमसीसीमा भोटिङ भए विपक्षमा उभिने निश्कर्ष निकालिएको बताईएको छ । एमसीसी सदनमा पेश भैसकेको छ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यो भन्दा अघि नेताहरुको दौडधुप बढिरहेको छ ।

यता केही दल र पार्टीले भने नियमित रुपमा एमसिसी विरुद्धमा विरोध गर्दै आईरहेका छन ,आज पनि संसदभवन अगाडि र देशका केहि मुख्य शहरमा एमसिसी विरुद्धमा विरोध कार्याक्रम आयोजना गरिएको छ ।