भोलि बस्ने जानकारि सहित संसद् बैठक बस्दै नबसी स्थगित

फागुन १२:  प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

आज १ बजेबाट बस्ने भनिएको बैठक कारण विहिन बनेर बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

एमसिसीको विषयलाई लिएर सदन बाहिर चर्को विरोध र आलोचना भएको छ , आज संसदमा एमसिसीबारे निर्यायात्मक छलफल हुने भनिएता पनि बैठम नबस्दै स्थगित भएको हो ।