फागुन १२: धौलागिरी गाउपालीका म्याग्दीका २५ वर्षिए खगेन्द्र छन्त्याल लाई अमेरिका स्थित बाल्टिमोर शहरमा बस्ने छन्त्याल परिवारबाट आर्थिक सहयोग भएको छ ।
पारिवारिक एवम् आर्थिक अवस्था निकै कमजोर भएका छन्त्यालले विगत १ वर्ष अगाडि देखि ग्रिनसिटी र ग्राण्डी अस्पतालमा उपचार गर्दै आएका थिए , आर्थिक अभाव भएर सहयोगी हात गुहारेका खगेन्द्रलाई अमेरिका स्थित बाल्टिमोर शहरमा बस्ने छन्त्याल दाजुभाईको सहयोगमा नगद रु ७ लाख ७ हजार ३ सय ७५ रुपैया आर्थिक सहयोग प्राप्त भएको मिम प्रसाद छन्त्यालले जानकारि दिनुभएको छ ।
नेपाल छन्त्याल संघको कार्यालयमा मृगौला पिडित खगेन्द्र छन्त्यालको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै मिम छन्त्यालले आर्थिक सहयोग गर्ने बाल्टिमोर शहरमा बस्ने छन्त्याल परिवारप्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । साथै खगेन्द्र छन्त्यालले केहि दिनमै आफ्नो आमाको मृगौला प्रत्यारोपन गर्न लागीरहेको हुदा सबैले सकेको सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।
मृगौला पिडित परिवारलाई हस्तान्तरण गरेको नगद रकम अमेरिका निवासि मिम प्रसाद छन्त्यालका कान्छा सुपुत्र दिपेद्र छन्त्यालको नेतृत्वमा संकलन भएको थियो ।
यो भन्दा अगाडि पनि दिपेन्द्रको नेतृत्वमा संकलन भएको ४ लाख बराबर रकम खगेन्द्रलाई हस्तान्तरण गरिएको मिम प्रसाद छन्त्यालले जानकारि दिनुभयो । खगेन्द्र छन्त्याल परिवारको जेठा छोरा हुन,









