जसपाको बैठकः एजेण्डा प्रस्तुत नहुदै पक्ष र विपक्षमा चर्काचर्की

फागुन १३ : जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठकमा पक्ष विपक्षमा चर्काचर्की भएको छ ।

ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थाले पछि चर्काचर्कीको स्थिती सृजना भएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका छन् भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका छन् । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ ।

एजेण्डामा अझै प्रवेश नगरेको बैठकमा ‘नेताहरुले पुराना कुराहरु कोट्याई रहेका छन्, एकले अर्कालाई गल्ती देखाइरहेका छन्, विगतमा मैले यस्तो गरेँ, फलानोले उस्तो गर्यो भन्ने जस्ता कुराहरु भइरहेको श्रोतको जानकारि छ।

आजको बैठकको एजेण्डा भने एमसीसी, स्थानीय तहको चुनाव, पार्टी समायोजन, कार्यविभाजन लगायतको रहेको छ ।