एमसीसी ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो : भीम रावल

फागुन १५ः एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनभित्रै सहमति जुटेपछि नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन् ।

एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु भएको उनले टिप्पणी गरेका हुन् ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता थालेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्न सहमत भएपछि रावलले आक्रोश व्यक्त गरेका हुन् ।

समाजिक सञ्जालमा उनले लेखेका छन् एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो।

यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’जस्तै निहीत सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो। देशघाती चरित्र ।