प्रहरीको फरार सुचिमा रहेका अभिनेता पल आफै पुग्ने भए प्रहरीचौकी

फागुन १५ : प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाह अन्तत आफै प्रहरीचौकि जाने भएका छन ।

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाह केही दिन यता प्रहरीबाट भागीरहेका थिए , गत राति मात्रै उनले प्रयोग गर्दै आएको गाडी भेटिएको थियो ।

गाडि भेटिए संगै प्रकाउ पर्ने सम्भावना बढेको अवस्थामा अभिनेता पलले आफु स्वयम प्रहरीचौकी उपस्थित हुने आफ्नो फेशबुक मार्फत लेखेका छन । शाहले आफ्नो घरायसि जिम्मेवारि र गत शुक्रवारबाट प्रर्दशनमा आएको आफ्नो चलचित्र म यस्तो गीत गाउछु २ लाई असर नपुगोस भनेर आफु प्रहरीको जानकारीमा आउन नसकेको लेखेका छन् ।

यसअघि बाल गायिका समिक्षा अधिकारीले अभिनेता पलले आफुलाई प्रेम जालमा पारेर ९फकाएर० जबरजस्ती करणी गरेको भन्दैजिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन् । अधिकारीको जाहेरीपछि प्रहरीले अभिनेता शाहलाई पक्राउ गर्न देशभरका प्रहरीलाई सर्कुलर जारी गरेको थियो ।