स्थानीय निर्वाचनमा माहोल बनाउँदै कांग्रेस, विशेष अभियान नै सुरु गरिने

फागुन २२ः प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।

कांग्रेसले संगठन सुदृढीकरण र स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ स्थानीय तहका तल्लो तहसम्म नै निर्वाचन लक्षित अभियान सुरु गर्न लागेको हो । अभियानलाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारा दिएको छ।

सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तय गरिसकेको छ । कांग्रेसको ३ फागुनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै एक महिने अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन लक्षित एक महिने अभियान कार्यक्रमको खाका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गर्दै गरेको जानकारी दिए  ।