फागुन २२ः तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ।

आइतबार बिहान १० बजेदेखि लागेको आगो दमकलले निभाउन नसकेपछि हेलिकप्टरको प्रयोग गरिएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी र सेनाको टोली पनि खटिएको छ । आगो निभाउन स्थानीयले पनि साथ दिइरहेका छन् ।









