फागुन २२: धरानस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–६ फलाटे स्थायी घर भइ इटहरी नगरपालिका–५ तुलसा टोल बस्ने २४ वर्षीय विनेश रानामगर रहेका छन्।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आरोपित रानामगरले फागुन १६ गते राति ११ बजे ३९ वर्षीया सुमित्रा तामाङको हत्या गरेको अनुसन्धानमा खुलेको छ।
घटनाको भोलिपल्ट अर्थात् फागुन १७ गते बिहान तामाङको शव कोठाभित्रै फेला परेको थियो । उक्त होटलमा मृतक तामाङसँगै दुई दिनदेखि बसेका रानामगर भने फरार भएका थिए ।











