फागुन २३ः जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।
ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा लगेर पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका शिक्षकमाथि जिल्ला अदालत अर्घाखाँचीबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय समाजमा बलात्कार जस्तो जघन्य अपराध दिनदिनै मौलाउदै गईरहेको छ , समाजका यसरि एक पछि अर्को बलात्कारको घटनाले हाम्रो समाज कता तिर जादैछ ? हाम्रा छोरी चेली कति शुरक्षित छन भन्ने प्रश्न खडा गरिदिएको छ ।









