रेखा थापा माथी खनिएका शर्मिला वाइबा पक्राउ

फागुन २३ : सामाजिम संजालमा आफूलाई सामाजिक अभियन्ता बताउदै आएका शर्मिला वाइबा (मोटी)लाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।

अभिनेत्री रेखा थापाले आफूविरुद्ध गालीगलौज भएको भन्दै प्रहरीको साइबर ब्यूरोमा वाइबाविरुद्ध एक हप्ता अगाडि जाहेरी दिएकी थिइन्।

कलाकार पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेपछि नाबालिगको पक्षमा थापाले बोलेकी थिइन्।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत व्यक्त गरेकी थिइन्।

रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए । त्यसै क्रममा वाइबाले छवि ओझासँगको सम्बन्ध उद्धृत गर्दै रेखालाई ‘चरित्रहिन महिला’ भनेपछि रेखाले प्रहरी गुहारेकी हुन्।

साइबर ब्युरोले थप केही युट्युबरलाई सोधपुछका लागि बोलाएको ब्युरोका प्रवक्ता नविन्द्र अर्यालले जानकारि दिएका हुन।