सुनको आकाशिएको मूल्य कायमै ,चाँदीको भने सामान्य घट्यो

फागुन २४: आज सुनको मूल्य स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हाल नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितीमा चाप परेकाले सुन आयातमा पनि कटौती गरेको छ। बैंकले आइतबारदेखि दैनिक १० किलो मात्रै सुन ल्याउन पाउने व्यवस्था लागू गरेको छ। यसअघि दैनिक २० किलो सुन ल्याउन पाइने व्यवस्था थियो।

सुनको मूल्य बढे संगै नेपाली बजारमा सुनको कारोवार गर्नेको संख्या घटेको छ , दिनप्रतिदिन सुनको मूल्य आकाशिन थालेपछि बजारमा सुनचादीँको कारोवार गर्नेको संख्यामा भारि गिरावट आएको सुनचादीँ ब्यबसायीहरुको भनाई छ ।