मेयर कप क्रिकेट हेर्न नगरपालिकाले २ दिन सार्वजनिक बिदा दियो

फागुन २५ः जिल्लाको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

 

अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्नका लागि नगरपालिकाले आज र भोलि गरेर दुई दिन सार्वजनिक विदा दिएको हो ।

खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक विदा दिइएको नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले जारी गरेको सूचनामा उल्लेख छ।