नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
उनका अनुसार खानीबाट सुन प्रशोधन गर्न अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ प्रयोग हुन्छ। त्यसैले पेट्रोलयमको भाउ बढ्दा सुन प्रशोधन खर्च बढ्छ अनि भाउ पनि। पेट्रोलियम पदार्थ उत्पादन गर्ने ठूला देशमध्ये रूस तेस्रो हो। युक्रेन आक्रमणमा लागेकाले रूसमा तेल उत्पादन कम भएको छ। जति उत्पादन भएको छ, त्यो पनि अन्य मुलुकलाई नबेची आक्रमणमा प्रयोग गर्न सञ्चिति गरेको छ। यसकारण पेट्रोलियम पदार्थको भाउ घट्ने कुनै संकेत देखिएको छैन।
यसरि नेपाली बजारमा सुनको भाउ दिनप्रतिदिन बृद्धि भएतापनि ब्यबसायीहरु भने खुशी हुन सकेका छैनन् । हाल बजारमा सुनको मूल्य बृद्धिभए संगै क्रेताको संख्या घटेर बिक्रेताको संख्या मात्रै बढ्ने र आफुहरुले खरिद गरेको सुन त्यहीँ बजारमा कटाउनु पर्ने भएकोले ब्यबसायी समस्यामा रहेको गुनासो छ।
तनहुँ सुनचादीँ ब्यबसायी संघका अध्यक्ष एवम् बिकाश एण्ड बिश्वास सुनचादीँ पसलका संचालक विनोद वि.क.का अनुसार सुनको कारोवारमा १ महिनाकै अवधिमा ५० प्रतिशत कमि आएको बताएका छन । उनका अनुसार यो समय आफैमा अफसिजन हो तैपनी मार्सिक २० देखि २२ लाखको कारोवार गर्दै आएको ब्यबसायिहरुले अहिले महिनामा १० लाखको कारोवार गर्न समेत हम्मे परेको बताएका छन ।
बिश्व बजारमा सुनको मूल्य बढ्नुले तपाईहरुमा कस्तो प्रभाव पर्छ ? भन्ने प्रश्नमा बिनोद भन्छन् हामी साना ब्यबसायी हौ हाम्रो बजार र पूजीँ दुबै सानो हुन्छ तसर्थ हामीलाई त प्रत्यक्ष असर गर्दछ , तर ठूला ब्यबसायी र पूजीपतीलाई भने खासै असर पर्दैन ।
बिनोद भन्छन हामीलाई अहिले राज्यले निकै साँघुरो अवस्थामा ल्याएको छ , नेपाल अझैसम्म पनि अल्प बिकसित देशको सुचिमा छ तर राज्यले विकसित देशहरुको तुलानामा हामीलाई सम्झेर १० किलो भन्दा बढि सुन ल्याउन नपाउने नियमले हामीलाई यो ब्यबसायबाट पलायन हुन बाध्य बनाएको छ, कति त ब्यबसाय नै छोडेर विदेशिएका छन ।
त्यस्तै तनँहु दमौली स्थिीत अर्का ब्यवसायी जयबुद्ध ज्वलर्शका संचालक अर्का ब्यवसायी प्रेम वि.क.का अनुसार मूल्य बढ्दा आवश्यकता बढ्ने भएकोले बजारमा दोहोरो कारोवार नहुने भएकोले आफुहरुले नोक्सानी ब्यहोर्नु परेको बताएका छन , सुनको मूल्य बृद्धि हुदा आफुहरु संग भएको सुनको बिक्रि गर्नेको संख्या बढि हुने र नयाँ खरिद गर्नेको संख्या घट्ने भएकोले आफुहरुले नोक्सानी खेप्नुपर्ने भएको बताएका छन ।











