संखुवासभामा दुर्घटना अपडेटः मृतकको संख्या १४ पुग्यो,घाइतेको हेलिकप्टरबाट उद्धार

फागुन २६ः संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ को पुलुड्डस्थित सात घुम्तिमा बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारि दिएका छन उनका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ । सशस्त्र प्रहरी र प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ।’ बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको थियो ।

घाइते ५ जनाको उद्धार गरी थप उपचारको लागि हेलिकप्टर मार्फत धरान लैजान लागेको उनले बताए । उनका अनुसार मृतकको अझै पहिचान खुल्न सकेको छैन । बसमा कति जना सवार थिए , घटना घट्नुको कारण बारे अनुसन्धान हुन बाकी रहेको बताएका छन ।