फागुन २६ः सरकारले देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ।
पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनमा कोटा तोक्ने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्नेदेखि भारतीय सवारीलाई पेटोलियम पदार्थ भर्न नदिने सम्मको तयारी गरेको स्रोतको जानकारि छ ।
यसअघि बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलता तर्फ अघि बढेको भन्दै सरकारलाई पेट्रोलियम पदार्थको खपत घटाउन निर्देशन दिएको थियो ।
बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन दिइएको समितिका सभापति बिमल श्रीवास्तवको भनाइ थियो।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५० रुपैया पुगेको छ भने डिजेल प्रतिलिटर १३३ रुपैयामा कारोवार भएको छ , पेट्रोलियम पर्दार्थको मूल्य अझै बढ्न सक्ने आकलन गरिएको छ ।









