दार काट्न बाईकमा जंगल जादै गरेका खड्काको भिरबाट लडेर मृत्यु

फागुन २६ः पक्षिम बागलुङको निसिखोला गाउपालिका वडा न ३ निवासि अन्दाजि वर्ष ४० का देबिराम खड्काको आज बिहान भिर बाट लडेर मृत्यु भएको छ ।

बिहान करिव ९ :३० बजेको समयमा नजिकैको जंगलमा घर निर्माण गर्न चाहिने दार काट्न हिडेको खड्काको भिरबाट झण्डै ३ सय मिटर तल खसेर मृत्यु भएको हो । ध २ प १९२१ नम्बरको होन्डा साईन बाईकमा सवार खड्काको याङ्म्याङ खोला नजिकैको भिरमाथी घुम्तिमा बाइर्कको अगाडिको टायर चिप्लिएर बाईक भिरबाट लडेपछि मृत्यु भएको स्थानीय विमल शाहीले जानकारि दिनुभयो ।

स्थानीय बिमल शाहीको अनुसार याङ्म्याङ गाँउबाट नजिकैको प्रभा मा.वि.मा पढ्न आउने बिथार्थीले देखेपछि मात्रै घटनाको बारेमा स्थानीयले जानकारि पाएका थिए, दार काट्न हिडेका खड्काले बाईकको पछाडि काठ काट्ने मेसिन,खाजा बोकेर हिडेका थिए ।

बोहरागाउ निवासी देबिराम खड्काको श्रीमति दुई छोरि र छोरा छन, स्थानीय र प्रहरीको टोली घटना स्थलमा पुग्दा याङ्म्याङखोलामा आफ्नै बाईकले च्यापिएको अवस्थामा भेटिएका थिए , पोष्टमार्टम गर्न उनको शव ईलाका प्रहरि कार्यालय बुर्तिबाङ् राखिएको छ ।