अख्तियारद्वारा जमानी पत्र बनाउने बैंक प्रबन्धकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन २६ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक जुम्लाको तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीसहित अन्य तीन निर्माण व्यवसायीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले चौधरीसहित तीन निर्माण व्यवसायीविरूद्ध अन्य निर्माण व्यवसायीलाई फर्जी (कीर्ते) अग्रिम भुक्तानी जमानी पत्र बनाएर नवीकरण गरेको भन्दै बिहीवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा दाङको घोराहीस्थित साविक म.प.  सडक डिभिजन कार्यालय नम्बर २ र बोलपत्रदाता वि।टि।रटौदहरफस्कु जेभी बीच भएको ठेक्का सम्झौतामा गलत लिखत तयार गरी फर्जी अग्रिम जमानी पत्र बनाएको आरोपपत्रमा उल्लेख छ ।

उक्त निर्माण कम्पनी जेभीका सदस्यहरू बि.टि, निर्माण सेवा, उक्त कम्पनीका तत्कालीन निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र उक्त कम्पनीका तत्कालीन प्रोपराइटर अर्जुनबहादुर बूढाथोकी, टौदह कन्स्ट्रक्सन र जेभीका प्रतिनिधि पुन्नबहादुर शाही समेतलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।