बैंकिङ कसूर मुद्दामा फरार रहेका निसम बनस्थलीबाट पक्राउ

फागुन २७ः महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका-०६ अश्राङ्ग स्थायी घर भइ काठमाडौँ गोंगबु बस्ने २५ बर्षीय निसम वि.क रहेका छन्।

महाशाखाका अनुसार निसमलाई मौसम उपाध्यायको जाहेरीपछि बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतको पक्राउ पुर्जीपछि फरार रहेका उनलाई महाशाखाबाट खटिएको टोलीले काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।