फागुन २७: ”दलित समुदायको सामाजिक सौन्दर्यको प्रवद्र्धन गरौ, साहित्य र संस्कृतिको माध्यमबाट सचेतना जगाऔ’‘ भन्ने मूलनारा सहित नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान नेपालको छैठौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीको अध्यक्षता, संस्कृति, पर्यटन तथा नागरिक उद्दयनमन्त्री प्रेम बहादुर आलेको प्रमुख आतिथ्यता रहेको उक्त छैठौ सम्मेलनमा माननीय निरा जैरु, पुर्वराजदुत पदम सुन्दास, नेपाल सरकारका पुर्वसचिव डा.मान बहादुर वि.क., नेकपा एमाले स्थायी कमिति सदस्य पुर्वसासंद रामप्रीत पासवान,हिरा विश्वकर्मा, मोतीलाल नेपाली लगायतका विशिष्ट ब्यक्तिको उपस्थिती रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उद्दयनमन्त्री प्रेम आलेले दलित समुदाय माथी वर्षौ अगाडि देखि हुदै आएको विभेद आफुले महशुस गरेको बताएका छन् । मन्त्री आलेका अनुसार पुर्ब र पश्चिममा छुवाछूत बढी रहेको र दलितको अवस्था आफुले स्पष्ट देखेको बताएका छन् ।
गठबन्धन सरकारमा काम गर्न गार्हो भएको विषय बारे बोल्दै मन्त्री आलेले , नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले समाजमा विभेद निर्मुल पार्न साहित्य र सृजनाको माध्यमबाट ठुलो सहयोग गरेको भन्दै प्रतिष्ठानको प्रंससा गरेका हुन, प्रतिष्ठानले जग्गा जोड्नु, सृजना मार्फत समाजमा भएका विकृति अन्त्य गर्न लागीरहनु खुशीको कुरा भएको भन्दै प्रतिष्ठानलाई सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन।
दलितको कला,साहित्य र संस्कृतिको जति प्रसंसा गरेपनि अपुग हुने भन्दै मन्त्री आलेले नियमित रुपमा अगाडि बढ्न शुभकामना ब्यक्त गरेका हुन , त्यस्तै सम्मेलनमा बोल्ने अन्य वक्ताले समेत प्रतिष्ठानले छोटो समयमै साहित्यको माध्यमबाट समाजमा स्वागतयोग्य काम गरेको भन्दै प्रतिष्ठानको प्रसंसा गरेका थिए ।
साथै सोही राष्ट्रिय सम्मेलनको अवसर पारेर सहिद गंगा माध्यमिक बिद्यालयल र दलित समुदायको विधार्थीहरुको शैक्षिक उत्थानका लागि अतुलनीय सेवा गरेवापत कर्णाली प्रदेश रुकुम पश्चिम मुसिकोट नपा वडा नं. १३ निवासी अमृता नेपालीलाई भगत सर्वजित विश्वकर्मा अन्तराष्ट्रिय पुरस्कार २०७७ अन्तर्गत नगद रु २०/ २० हजार सहित सम्मानपत्र द्धारा सम्मान गरिएको थियो ।
फोटो फिचर सहित

















