फागुन २७ः राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोकाकोला विरुद्ध अर्बौं रकम कर छलीको मुद्दा दायर भएको छ ।
विभागले शुक्रबार कोकाकोला विरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा उच्च अदालत पाटनमा कर छलीको मुद्दा दायर गरेको हो ।
३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।
नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ ९२०७७ फागुन ७ गते० कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।
















