प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगमाथि आज छलफल हुने

फागुन २९ :(हाल निलम्बित) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि संसद्‌मा आज आइतबारदेखि छलफल अघि बढ्ने भएको छ ।

संसदको सम्भावित कार्यसूची

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

जबराविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका दलहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा गठबन्धनका ९५ सांसदहरूले समर्थन जनाएका थिए।

यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।