पेट्रोलियम पदार्थको मूल्य घट्दै छ भारतमा यथास्थितीमा नेपाल

फागुन २९: रूस र युक्रेनबीच जारी युद्धका कारण गत मार्च ७ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेर १३९.१३ प्रतिब्यारेल डलर पुगेको थियो।

यसअघि सन् २००८ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४० डलर पुगेको थियो। तर, अहिले भाउ तीव्र रुपमा ओरालो लाग्ने संकेत देखिएको छ। १० मार्चमा प्रतिब्यारेल १०८.४ झरेको थियो। अहिले पनि घट्ने क्रम जारी छ।

भारतीय पेट्रोल कर्पोरेशन ९बीपीसीएल० का अध्यक्ष अरुण कुमार सिंहले अहिले कच्चा तेलको मूल्य सबै देशले लामो समयसम्म सहन नसक्ने भन्दै आगामी दुई हप्तामा यो दर पूर्ण रूपमा ९० डलरमा आउन सक्ने बताएका छन्।

“यदि समस्या रूस र युक्रेनबीच युद्ध चलिरहेको छ भने यसको समाधान भए पहिलेको जस्तै भाउमा अझै घट्न सक्छ। पेट्रोलको भाउ २ देखि ३ रुपैयाँले सस्तो हुन सक्छ,” सिंहलाई उद्धृत गर्दै भाष्करले लेखेको छ।
नेपालमा भन हालसम्म पेट्रोलीयम पदार्थको मूल्यमा कमी आउने कुनै संकेत देखिएको छ बरु थप बढ्न सक्ने आशंका गरिएको छ ।

१ डिसेम्बर २०२१ मा कच्चा तेलको मूल्य ६६.८७ डलर प्रतिब्यारेल थियो। ७ मार्च २०२२ मा कच्चा तेलको मूल्य १३९.१३ डलर पुगेको थियो। अर्थात् १०२ दिनमा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ७०।२६ डलरले बढेको हो। तर भारतमा तेलको मूल्य स्थिर थियो।