संसद बैठकको सुरुमै एमाले सांसदको नाराबाजी

फागुन २९ः  प्रतिनिधिसभा बैठकको सुरुमै नेकपा एमालेका सांसदहरूले नाराबाजी थालेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी थालेका हुन् ।

एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमाले विभाजनमा सभामुख सापकोटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने र सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।