बैशाख ८ : भारतमा कोरोना भाइरस संक्रमण बढेसंगै स्वास्थ्य सावधानीका मापदण्डमा कडाई गर्न थालिएको छ । राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए । कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो । मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् ।











