सिंजा गाउँपालिका जुम्लाको अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादीको जीत

जेठ ३ः जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

मंगलबार सम्पन्न मतगणनाअनुसार अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका प्रत्यासी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याए।

उपाध्यक्षमा निर्वाचित माओबादीकी रोकायाले १ हजार ९५६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्दी काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत ल्याएका छन।