जेष्ठ ३ः चितवन भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ ।

१८ हजार ४ सय ४७ मत गणना हुँदासम्म गठबन्धनको तर्बफबाट उम्मेदवार बनेकी उनले ६ हजार १ सय ७० मत प्राप्त गरेकी छिन् ।
पौडेल भन्दा उनी अझै ९० मतले अगाडि छिन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८० मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले ३६ मत ल्याएका हुन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ र राप्रपाकी हिमला गुरुङले ४ हजार ९ सय ९२ मत ल्याएकी छिन् । मत गणना कार्य तिब्र रुपमा अगाडि बढेको श्रोतले बताएको छ ।














