२८ वर्ष ढुङ्गाखानीमा काम गरे स्थानीय सरकार महशुस गर्न पाईएन : नरकुमार गोतामे

गाँउघरमा एउटा कथन छ ”बुडि नहुने हाउरे जागिर नहुने चाउरे ” यस्तै एउटा नाम हो मेहनती नरकुमार गोतामेको (चाउरे)

नर कुमार गोतामे जस्लाई यहीँ नामले निकै कम मान्छेले चिन्छन् तर यिनको चर्चित नाम हो चाउरे , तपाईको नाम किन चाउरे ? भन्ने प्रश्नमा ढुङ्गा कुडिरहेको हथौडा टक्क रोक्दै भन्छन् म सानोमा निकै पातलो थिए शरिर निकै पातलो हेर्दै कठैबरा भन्न लायक गाँउमा पातलो मान्छे जोकोही होस पहिले पहिले बोलाउने उपनाम यस्तै हुन्थ्यो काले, चाउरे, सुके आदि यहीँ मध्यको एउटा नाम मेरो हो सुरुमा ठ्याक्कै कस्ले भनेको हुन भन्ने हेक्का छैन तर पुराना मान्छेहरुको कुरा सुन्यो भने बाजेले भनेका भन्नुहुन्छ अहिले त मलाई पनि यहीँ नाम प्रिय लाग्छ यहीँ नामले मलाई सहज बनाएको छ ।

नरकुमार बिहान ७ बजे देखि बेलुकी प्राय जसो ५,६ बजेसम्म यहीँ खानीमा ढुङ्गा कुडिरहेका हुन्छन,चट्टान फुटाई रहेका हुन्छन्, उनले यसरि ढुङ्गा कुड्न थालेको २८ वर्ष पुरा भयो तर उनलाई कहिल्यै जागर मरेन, कहिल्यै उर्जा घटेन ।
१५ वर्षको उमेरमा बुवाको पाईला पछ्याउदै खानीसम्म आईपुग्ने उनीसंग त्यो बेला बाध्यता कम रहर बढि हुन्थ्यो, खानीमा आएर माटो ढुङ्गा संग दिनभर खेल्न पाउदा थकाई होईन रजाई भएको महसुस गर्थे तर समय फेरियो अहिले नरकुमार रहरले हैन बाध्यताले ढुङ्गाखानीमा आउछन, हुदैन पहिले जस्तो जागर लाग्दैन त्यो समयको जस्तो बल फेरि पनि आउनु पर्ने ढुङ्गामाटो संगै पैठेजोडि खेल्नुपर्ने नरकुमारको दैनिक बाध्यता हो ।

ढुङ्गाखानीमा काम गर्न त्यति सजिलो भने छैन , खाल्डोमा पसेर ढुङ्गा निकाल्दै गर्दा कतिबेला माटोको ढिस्को खस्ने हो टुंगो हुदैन ज्यानको बाजी लगाएका ढुङ्गाको काम गनुपरेको नरकुमारको दुखेसो छ । उनको लागी ढुङ्गा निकाल्ने यो काम पुर्खेउली पेशा नै हो, यो भन्दा पहिले उनका बुवाहरु यहीँ खानीमा ढुङ्गा निकाल्न काम गरेका थिए , बेलाबखत उनका बुवा सहयोग गर्न अहिलेपनि खानीमा आउने गर्छन, उनका माहिला बुवा र कान्छाबुवाहरु अझैपनि उनको खानी आसपासमा ढुङ्गाखानीकै काम गरिरहेका छन ।

नरकुमार स्कुल पढ्न पाएनन् तीन महिना स्कुल गएको मात्रै के थिए एकजना शिक्षकले नमज्जाले कुटेको कारण उनी त्यस दिन देखि स्कुल दोहोरिएर कहिल्यै गएनन्, दुई तीन महिना आईनेट नामक संस्थाले पढायो त्यहाँ नरकुमारले केहीँ अक्षर चिन्न पाए उमेर बढ्दै गयो स्कुल पढ्नुपर्छ भनेर बाटो देखाई दिने कोही भएनन उनलाई जिविका चलाउन पैसा चाहिन्छ पैसा कमाउन काम गर्नुपर्छ भन्ने मानसिकता बन्दै गयो उनी दिनप्रतिदिन कामतिर मोहित हुन थाले ।

उमेर बढ्दै गयो घर ब्यवहारले च्याप्दै गयो त्यो बेलासम्म उनी बिवाहित भैसकेका थिए , उसैगरि ढुङ्गाखानीमा बसेर जिन्दगी त कतिदिन तर्ला र भन्ने तिर उनी सोच्न थाले, खानीबाट उनको मन बहकिदै बैदेशिक रोजगारको मोह चढ्न थाल्यो केही दौतरी समेत बिदेश जान सुझाव दिन थाले त्यसपश्चात नरकुमार सपनाको पोका बोकेर हातमा निलो पासपोर्ट र निधारमा पारिवारिक जिम्मेवारिको भारि बोकेर ढुङ्गाखानीमा बाट निस्किएर देशको राजधानी काठमाडौं लागे, काठमाडौ आएपछि थाहा भयो नरकुमारलाई कि शहरमा सबै मान्छे असल हुदैन रहेछ भनेर ।

काठमाडौंको कोलाहल र मान्छेको ब्यवहारले उनलाई दिक्क बनाई सकेको थियो , त्यसमाथी उनको पासपोर्ट समेत दलालले लुटिदियो त्यहीँ दिन देखि उनलाई बिदेशिने रहर मर्दै गएको थियो तैपनि प्रयास गरे हुन्छ कि भन्ने आसामा उनले अर्को पासपोर्ट बनाए र फेरि प्रयास गरे तर त्यो पनि त्यसैगरि दलाल लागिदियो त्यो दिन देखि उनले बिदेश सधैको लागी माया मारिदिए जे गरे पनि आफ्नै गाँउघरमा गर्ने सोच बनाएर गाँउ फर्किए । उनलाई अहिले आफ्नो पासपोर्ट कहाँ छ भन्ने समेत थाहा छैन र उनी खोजी गर्न समेत ईच्छा राख्दैनन् बरु सोच्छन मैले नी फेरि जान्छु भनेर मुर्खता गरेको भए आज बिदेशको सपना देखेर ऋण लागेर टाट पल्टिएको केही मान्छेहरुको झै मेरो हालत पनि त्यहीँ न हुदो हो भनेर ।

दुईवटा पासपोर्ट बनाए तर ती पासपोर्टको कुनै एउटा पेजमा छाप लागेन सोही दिन नरकुमारले बाचा गरे मेरो बाकी जिन्दगी यहीँ जन्मभुमी र ढुङ्गाखानीमा काम गरेर गुर्जाछु भनेर । अहिले नरकुमारले ढुङ्गाखानीमा काम गर्न थालेको २८ वर्ष सकियो, यो २८ वर्षमा उनलाई कुनै दिन त्यस्तो आएन जुन दिन आफु फुर्सदिलो भएर बस्नुपरोस् । नर कुमार मासिक ३० देखि ४० हजार कमाउछन गाँउघरमा खासै पैसा खर्च हुने ठाँउहरु हुदैन, खर्च कटाएर पनि परिवार पाल्न मज्जाले पुगेको उनी सुनाउछन् जिन्दगीमा सबै भन्दा ठुलो कुरा के रहेछ भन्ने प्रश्नमा उनी एउटै बाक्यका भन्छन् ”सन्तुष्ट”

नरकुमार उमेरले ४३ वर्ष भए साझ बिहान उनी घरको काम गर्छन, परिवारलाई सहयोग गर्छन दिउँसो खाना खाईवरि ढुङ्गाखानीमा जान्छन् , तीन महिना ढुगां कमाएपछि बाकी तीन महिना बर्खा यामको कारण घरमै बस्नुपर्छ, त्यो समय पानीले गर्दा एक त काम गर्न निकै जोखिम हुन्छ अर्को कुरा पानीले खाएको कारण ढुङ्गा खासै राम्रो निस्किदैन तैपनि उनलाई बाकी रहेको तीन महिना काम गरेको तीन महिनाले प्रयाप्त पुग्छ ।

नरकुमारलाई अब बिदेशिने मन छैन , यो बाहेक उनी घर निर्माणको काम गर्छन , बेरोजगारि भैदिएको भए सायद मन डुल्दो हो, कतै जाउ भन्ने हुदो हो अब त झन त्यस्तो पनि हुन छाड्यो , उनलाई यो बाहेकको बाकी सोच्ने फुर्सद नै मिलेन उनलाई ढुगांको माग खेप्न निकै गाह्रो भएको छ, दुंगा बिक्री भएन भन्ने दिन कहिल्यै बाकी रहेन बरु टाढा टाढा बाट आउने माग पुरा गर्न सक्दिन कि भन्ने पिरलो भने भैरहन्छ ।

नरकुमारका परिवारमा भएको ४ सदस्य हासिखुशी छन, उनका ठूली छोरी अहिले १० कक्षामा पढ्छिन्, आफ्नो छोरा छोरि कुनैपनि हालतमा पढाउने सोचमा छन, आफ्नो पढाई नभएकै कारण आफुले ठाँउ ठाँउमा पाएको दुखको कारण छोराछोरि माथी त्यहीँ दुख नदोहोरियोस भन्ने कुरामा सजग छन, छोराछोरी जस्तो सुकै अभाव भएतापनि ईक्ष्छा अनुरुप पढाउने नरकुमार बताउछन ।

नरकुमार लाई अब जिन्दगीमा नयाँ गरौ भन्ने केही छैन तर सकुन्जेल, बाचुन्जेल यहीँ ढुगां संग जीवन साट्न मन छ । उनले तयार पारेका ढुङ्गा प्रति हातको आफ्नै गाँउघरमा १४ सयको दरमा र गाँउ बाहिर आफुखुशी मूल्य राख्न पाईन्छ , उनले गाँउ बाहिर प्रति हात २१ सय सम्म बेचेको अनुभव छ त्यसमा कर स्वरुप वडालाई उनले प्रति हात गाउको १ सय र बाहिरको ३ सयको दरले तिर्छन ।

म्याग्दीको दांगा, हिजा, साडिवन तमान लगायतको ठाँउबाट ढुगांको माग आउने गरेको छ बाकी ठाँउबाट पनि कुरा त चलिरहन्छ तर मोटरबाटोको अभावले त्यो माग पुरा गर्न सकेका छैनन् अहिले बल्लतल्ल बाटो पुगेको छ अब थप सहज हुने उनी अपेक्षा गर्छन ।

दुखको कुरा त यो हो नी नरकुमारले ढुङ्गा बिक्रि गरेको दिनै कर माग्न समिती सोहीँ ठाँउमा पुग्छ तर उनले यसरि कर तिरे पनि हालसम्म स्थानीय सरकार आएको महशुस सम्म गर्न पाएका छैनन् , आजसम्म ढुङ्गाखानीमा आवश्यक पर्ने हाते औजारका कुनैपनि सामाग्री पाएका छैनन् एउटा गल,घन वा एउटै त्रिपाल पाएपनि बर्खायाममा गोठ हालेर काम गर्न पाउने उनको अपेक्षा छ, बर्खामा बुट पञ्जा भैदिए सहज हुने उनी सम्झन्छन , स्थानीय सरकारले स्थानीय स्तरमै उत्पादनमा जोडिएका मान्छेलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गर्ने काम गरेको नरकुमारले बताएका छन ।