जेठ ४: रुपन्देहीमा विजय जुलुसका व्यक्ति सवार एउटा गाडी दुर्घटना हुँदा करिब २४ जना व्यक्ति घाइते भएका छन् ।बुधबार सिद्धार्थनगर नगरपालिका–१० को मतगणनास्थल भैरहवाको नमुना माविबाट गएको नेकपा (एमाले)को जुलुसमा सहभागी नेता–कार्यकर्ता सवार मिनिट्रक सिद्धार्थनगर–१०, शंकरपुरमा दुर्घटनामा परेको हो । मिनिट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।












