काठमाण्डौ महानगरमा बालेन शाह अझै ११ हजार ३२९ मतले अगाडि

जेठ ५ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणम अनुसार बालेनले अहिलेसम्म ११ हजार तीन सय २९ मतको अग्रता लिएका हुन । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गणना भइसकेको छ ।

शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गरेका छन् भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नौ सय ९५ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम राखेकी छिन् । डंगोलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गरेकी छिन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत प्राप्त गरेका छन भने राप्रपाकी बिनिता मगैयाले पाँच हजार तीन सय ५२ मत प्राप्त गरेकी छिन् ।