ओलीको गृहनगरमा एमालेले तीन दशकको विरासत गुमायो

जेष्ठ ६ः एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ ।

एमालेको यो हार संगै आफनो तीन दशकको विरासत गुमाएको छ । ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धन बाट राप्रपाका राम थापा विजयी भएका छन् ।

उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए ।

थापा १७ हजार ५२५ मतका साथ विजयी भए । उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे । निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् ।