चितवनमा छुरा प्रहारबाट कांग्रेस नेता कानको हत्या

जेष्ठ ६ : नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या गरिएको छ।  छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उनको मृत्यु भएको छ ।

भरतपुर–७ कृष्णनगर खेलकुद मैदान अगाडि मोटरसाइकलमा हिडिरहेका परियार माथि अज्ञात समूहले आज साँझ एक्कासी  छुरा प्रहार गरेको कांग्रेस निकट स्रोतको भनाई छ ।

छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए । कानको हत्यापछि चितवनको सुरक्षा व्यबस्था  बनाइएको प्रहरीको भनाइ छ। समाचार तयार पार्दा सम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

कान नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुँदै नेपाली कांग्रेस, बागमती प्रदेश प्रतिनिधिमा निर्विरोध चयन भएका थिए। कान गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय काटेर रिहा भएका थिए।