जेष्ठ ६ः सरकारले नेपाल प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बढुवाको निर्णय गरेको मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए ।
वैशाख २१ मा गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको हो ।
त्यस्तै सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डिआईजी० बसन्त लामालाई पनि एआईजीमा बढुवा गरेको छ ।
















