जेष्ठ ६ः देशका ६ महानगरपालिका र १० वटा उप-महानगरपालिकाका उम्मेदवारको मतगणनाको पलपलमा अपडेट भइहरेका बेला मधेस प्रदेशको ठूलो जनघनत्व ओगट्ने कलैया उपमहानगर पालिकाको चर्चा भने निके कम चल्यो ।

मतगणनाको चर्चामा समेत लोप्रोफाइलमा परेको यो उपमहानगरपालिकामा एमालेले सत्ता गठबन्धनविरुद्ध आश्चर्यजनक नतिजा निकालेको छ ।
मतगणना नसकिँदै उपमहानगर पालिकाको मेयरमा एमालेका विनोद साह कांग्रेसका राजेश रायलाई ७ हजार मतान्तरले पछि पार्दै विजय नजिक पुगिसकेका छन् ।
पूर्वसांसदसमेत रहेका जसपाका नेता प्रमोद यादव गठबन्धनबाट उपमेयर उम्मेदवार भएकाले मुस्लिम महिला रौशन पर्वितको लागि जित झनै कठिन थियो ।
तर कतै चर्चामै नरहेका लो–प्रोफाइल उम्मेदवारहरुले कलैयाबाट एमालेका लागि सरप्राइज नतिजा निकालेका छन् भने गठबन्धनलाई धक्का लागेको छ ।
















