म्याग्दीको अन्नपूर्णमा जिप दुर्घटना १ जनाको मृत्यु ४ घाईते

जेष्ठ ६ः म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

आज दिउँसो करिव ३ः१५ बजेको समयमा बाग्लुङ बाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको च ०४२३ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटना परि गोरखा बारपाक –४ बस्ने अन्दाजी ३२ बर्षका सन्तमान गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । जिपमा चालक सहित ५ जना सवार थिए ।

अन्य ४ जना घाईते भएका छन । उनिहरुको अवस्था सामान्य रहेको बुझिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप सडकबाट करिव ७ मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण खुल्न सकेको छैन, हाल घटनाको अनुसन्धान भईरहेको श्रोतको भनाई छ ।