काठमाडौं महानगरमा बालेनले कटाए ३१ हजार मत, केशव स्थापितलाई १६ हजार ५२७ मत

जेठ ७ : काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३१ हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने १६ हजार ५२७ मत ल्याएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १६ हजार २२४ मत ल्याएकी छिन् ।

महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोल २६ हजार ५७५ मतसहित अगाडि छन् । मतगणना जारी छ ।