जेठ ७ : स्थानीय तह सदस्य निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार मीना लामा विजयी भएकी छिन् । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार लामाले दुई हजार १६७ मत अन्तरसहित नगर प्रमुखमा निर्वाचित भएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामाले २३ हजार ७५ मत प्राप्त गर्दै उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका थिए । बागमती प्रदेशको एक मात्र उपहानगरपालिकाको पहिलो महिला नगर प्रमुख लामाले आफ्नै नेतालाई पराजित गर्दै आगामी पाँच वर्षका लागि प्रमुखमा निर्वाचित भएकी हुन् ।

















