बलात्कार तथा यौन हिंसाविरुद्ध माइतीघरमा उर्लियो युवाजमात फोटोफिचर सहित

जेष्ठ ७:  बलात्कार तथा यौन हिंसाविरुद्ध काठमाडौंको माइतीघरमा बलात्कारी विरुद्ध प्रदर्शन भएको छ ।

सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शनिबार युवाहरुले माइतीघर अगाडि प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

फोटो फिचर सहित