अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री देउवा विच शिष्टाचार भेट

जेठ ८ः  प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेका छन।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डल लाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजक समेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार आइपुगेकी हुन्।