नेपाल भाषामा सपथ लिए संगै पदभार ग्रहण गरे मेयर बालेन साह

जेष्ठ १६ः काठमाडौं महानगर पालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले नेपाल र नेपाली भाषामा सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले महानगर प्रमुखमा निर्वाचित साहलाई सपथ गराएका हुन् ।

शपथपछि लगत्तै प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने श्रोतको जानकारि छ ।

सपथ लिएसंगै प्रमुख साहले उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ गराएका थिए ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शाहले काठमाडौंको बिकासको निमिक्त दिन रात मेहनत गर्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन।