तमानखोलामा कार्यरत ईन्जिनियर यादव माथी कुटपिट,कर्मचारीद्धारा घोर भत्र्सना

जेष्ठ १६ः तमानखोला गाउँपालीकामा कार्यरत अर्जुन कुमार यादव माथि बिद्यालयको चारकोठे भवनको घडेरी नाप्न जाने क्रममा भौतिक आक्रम भएको छ ।

सोही पालीकाको १ न. वडामा अवस्थित बुद्ध आधारभूत विद्यालयको चार कोठे भवन निर्माणको घडेरी नापजाचँ गर्न गएको बेला सोहीँ वडाका महेन्द्र थापा र होमलाल रोकाले गाली गलौज सहित भौतिक आक्रमण गरि ईन्जिनियर अर्जुन यादव घाईते भएको पालीका कर्मचारी परिवारले विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

२४ सै घण्टा स्थानीय जनताको सेवामा तल्लिन रहने राष्ट्रसेवक कर्मचारि माथी क्रुर एवम् अमानवीय ब्यवहार गरेको भन्दै अर्जुन माथी भौतिक आक्रमण गर्नेहरुलाई तत्काल कानुन बमोजिम कार्वाही गर्न माग गरेका छन् ।

सबैभन्दा बढि खटिनुपर्ने र भौतिक रुपमा समेत दूरदरासमा पुग्नुपर्ने ईन्जीनियर माथी भएको भौतिक आक्रमण मानसिक रुपमा समेत सामान्य नभएको बताउदै प्रशासकीय अधिकृत बिकास लम्सालले तत्काल कार्वाही हुनुपर्ने माग गरेका छन ।
सन्दर्भटूडे संग कुरा गर्दै लम्सालले बिदाको दिन समेत काम गर्न कर्मचारी पठाउदै गर्दा उल्टै कुटिएर आउनुपर्ने सामान्य विषय नभएको भन्दै सम्बन्धित निकायलाई तत्काल समस्या समधान खोज्न आग्रह गरेका छन ।

कार्वाहीको माग गर्दै आफुहरुले स्थानीय प्रहरीचौकी र जिल्ला प्रहरी कार्यालय लगायत संम्बन्धित निकायमा  जाहेरी दिएको बताउदै तत्काल शान्तिपूर्ण वातावरण निर्माण नभए र पिडीत अर्जुन यादवले उचित न्याय नपाएमा सबै कर्मचारि आन्दोलित बन्ने उनको भनाई छ ।

यो घटना एउटा निश्चित ब्यक्तिमा मात्रै सिमित नभएर सिंगो पालीकामा कार्यारत कर्मचारी माथीको आक्रमण भएको बताउदै लम्सालले शान्तिपूर्ण वातावरण निर्माण गर्न स्थानीय र सम्बन्धित पक्षको साथ रहनेमा अपेक्षित रहेको बताएका छन । यादवलाई १४ गते दिउँसो ३ बजेर ३० मिनेट जादा उनीहरुले बिना कारण आक्रमण गरेको बिज्ञप्तिमा उल्लेख छ , आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र पिडित पक्षलाई न्यायको प्रत्याभूति दिलाउन अपील गरेका छन ।