८५ जना बिद्यार्थीको भविष्यमा रंग भरिरहेका ५ जना अबिवाहित महिला शिक्षिकाहरु

जेष्ठ १७ः नेपाली समाजमा एउटा सकिर्ण सोचको हावि छ महिलाहरु भनेको घरभित्रको काम गर्नका लागी जन्मिएका हुन, उनीहरु मेलापात र भान्साका बाहेक केहीँ काम गर्न सक्दैनन् भनेर ।

यस्तो मानसिकता भएका मान्छे शहरमा नगन्य मात्रामा भेटिन्छन् उसो त गाँउमा नभेटिने भन्ने त झन टाढाको कुरा रह्यो तर समाजको यस किसिमको चेतलाई भगं गर्दै भगवती प्रा.वि.मा सबै महिला शिक्षिकाले अध्यापन गराउदै आएका छन ।
स्थापना कालको केही समय सम्म पुरुष शिक्षक नभएका पनि होईन यो भन्दा अघिल्लो कार्यकालमा पनि हाल खुखांनीमा पढाई रहेका शिक्षक जग बहादुर छन्त्याल लामो समयसम्म प्र.अ.को रुपमा कार्यरत रहेका थिए उनको सरुवा भएसंगै स्कुलमा पुरुष शिक्षक अभाव हुदै गयो ।

त्यो बिचको समयमा रौतहत गढिमाई बाट १ वर्षे अवधिका लागी सिम्हासन यादव पनि नआएका चाहीँ होईनन् तर एक वर्ष अवधिका लागि आएको भएतापनी उनी तीन महिना भन्दा बढि पढाउन सकेनन् । सिम्हासन यादव गएसंगै स्कुलमा पुरुष शिक्षकको संख्या नै रहेन, स्कुलमा शिक्षक अभाव खड्कियो त्यो माग पुरा गर्न गाउँपालीकाले बिज्ञापन खुलायो त्यहाँ महिला शिक्षक भन्दा पुरुष शिक्षकको संख्या बढि थियो तर संयोग भनौ वा समय त्यहाँ कुनै पनि पुरुषले महिला शिक्षिकाले भन्दा राम्रो अंक ल्याउन सकेनन् ।

शिक्षक जग बहादुर छन्त्यालले छोडे संगै स्कुलमा प्र.अ.को जिम्मेवारी सम्हालेका नन्दकली थापा मगरले सोहीँ स्कुलमा सेवा गर्न थालेको १६ वर्ष पुरा भयो १६ वर्षको लामो अन्तरालमा उनले धेरै भन्दा धेरै शिक्षकहरु संग हातेमालो गर्दै शिक्षा क्षेत्रमा सेवा दिदै आएका छन् , यो लामो सिकाईले उनको दिमागमा एउटा प्रश्न चाहीँ आईरहन्थ्यो कि महिला महिला मात्रै हुदा स्कुल संचालन गर्न सकिन्छ कि सकिदैन त भनेर ?

आज सोही सपना पुरा भएको उनी सम्झन्छन् , यो उनको रहरको कुरा थियो तर यहीँ हुनुपर्छ भन्ने माग भने थिएन तर संयोग त्यस्तै बनिदियो उनको चाहानाको कुरा वास्तविकतामा परिणत भयो ।

पुरुष शिक्षक हुदाको समय र हाल महिला मात्रै भएको समयको अन्तर कस्तो पाउनुहुन्छ भन्ने हाम्रो प्रश्नमा प्र.अ. नन्दकलि भन्छन् , मैले पुरुष शिक्षकहरुलाई अपमान गरेर भनेको होईन तर त्यसमा धेरै अन्तर हुने रहेछ गाँउघरमा वा छिमेकी गाँउमा हुने मेलापर्वमा पुरुष शिक्षकहरु आफैमा केही न केही प्रतियोगिताको खेलाडिको नाताले वा दर्शक बनेर पनि जानुहुन्थ्यो जसको कारण धेरै दिनसम्म उहाँहरुको कलास नहुने परिक्षाको समयमा बिद्यार्थीलाई दिनप्रतिदिन चाप बढाउने हुन्थ्यो महिला शिक्षकहरु हुदा बिद्यालयमा काम नपरि उहाँहरु कतै जानुहुन्न जस्को कारण पढाई नियमित हुन्छ ।

अर्को भनेको पुरुष शिक्षक संग बिद्यार्थीहरुको स्वत डर पैदा हुदो रहेछ, शिक्षकले कुटपिट गरोस नगरोस तर बिद्यार्थीमा पिट्नुहुन्छ है भन्ने प्रभाव पर्न जाने रहेछ , हामी बिद्यार्थी संग साथि जस्तै बनेर पढाउछौ जस्को कारण शिकाई प्रभावकारि भएको म बिश्वास राख्दछु ।

भगवती प्राविमा हाल ५ जना शिक्षिका छन् त्यसमा अझ रमाईलो अर्को पक्ष भनेको ती सबै शिक्षिका अविवाहित हुन, ती मध्येमा अस्थायी दरबन्दीमा १ जना, कार्यालय सहयोगी मार्फत १ जना , पालीका अनुदान बाट आएका २ जना र बाल विकास सहजकर्ताको रुपमा एक जना छन । आफुहरुले बिद्यार्थीलाई त्रास नभएर आसा र जिज्ञासा जगाएको प्र.अ. नन्दकलीको भनाई छ।

बाल बिकास देखि ५ सम्म गरेर ८५ जना विद्यार्थीले भगवती प्रा.वि.मा अध्यन गर्दै आएका छन । नन्दकलीका अनुसार बिद्यालय प्रति युवा, स्थानीय बासिन्दा र बुद्धिजिवीहरुको राम्रो साथ सहयोग रहेको , बिद्यालयको स्तरउन्नतिका लागि आफुले नियमित रुपमा परामर्श गर्दै आएको कारण आफुनो कार्याकाल भित्रै कुनैपनि हालतमा बिद्यालयको अवस्था खस्किन नदिने उनको भनाई छ ।

हाल बिद्यालयमा प्र.अ. नन्दकली सहित अस्थायी करारमा प्रतिभा छन्त्याल, पालीका अनुदानमा दिल कुमारी मगर र राजकुमारि रामजाली, का.स. मार्फत गंगा कुमारी सुन्चौरी रहेका छन।