जेठ १७ :अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ ।
दुबै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरिएको छ । अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको बताईएको छ । यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ । भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो ।आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै प्राधिकरणले विमान उडानसम्बन्धि कडा नियम ल्याएको हो ।










