जेठ १७ :बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशकले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर सञ्चालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
निर्देशकले बीमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरूपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने बताए ।











