चिकित्सा शिक्षामा शुल्क वृद्धि गर्ने निर्णय

जेठ १८:चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ ।आयोगको मंगलबार बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।