जेष्ठ १८
नछुनु थियो
छोइ गयो
अलिकति आँखाले
अलिकति मनले
अलिकति रहरले
जसरी छुन्छ
कोमल हिउँले हिउँचुली
छोइगए तिमीलाई ।
यो माथीको एक हरफ कविता हो हरिशरण परियारको कविता संग्रह ”कैँचीको” कैँची भन्ने बित्तिकै हाम्रो दिमागमा एउटा चित्र निर्माण हुन्छ केहीँ काट्न प्रयोग हुने औजार हो कैँची , सामान्यतया किन जुर्न गयो हरिशरणको कविता संग्रहको नाम कैँची ? के छ कैँची भित्र ?

गणतन्त्र दिवसकै अवसर पारेर कवि हरिशरण परियारले आफनो कविता संग्रह कैँची सार्वजनिक गरे बत्तीस पुतलीस्थित शिल्पी थियटरमा राजनितिज्ञ आहुति , विभूति भट्टराई, उज्ज्वल प्रसाईं र स्वयं कविले सोही कवितासंग्रहको लोर्कापण गरे ।
बिमोचन कार्यक्रमा सहभागी वक्ता एवम् पाठक सबैमा मुहारमा एउटा जिज्ञासा देखिन्थ्यो आखिर के छ
कैँचीमा रु जात व्यवस्थाविरुद्ध आफ्ना सिर्जनामार्फत खरो प्रतिवाद गर्दै आएका परियारले कैँचीमा ४२ वटा कविता संग्रहित गरेका छन् ।
उपल्लो जात भन्नेहरूले तल्लो जाति बनाइएकामाथि गरेको अन्याय, अत्याचार, दमन र शोषणको विस्फोट कैँचीमा भएको कार्यक्रममा सहभागी वक्ताले बताएका छन । साथै कार्यक्रममा बोल्दै वक्ता आहुतिले पोर्चुगलमा बसेर नेपालको जात व्यवस्था चिर्छु भन्नु त्यति सुहाउँदो विषय नभएको भन्दै कविलाई नेपाल फर्किन आह्वान गरेका थिए।

रोजगारीका लागि केही समयदेखि पोर्चुगलमा बसोवास गर्दै आएका कवि परियार यसअघि उन्मुक्त पुस्ता अभियानमा जोडिएर समाजका हरेक कुरीतिको विरुद्धमा कवितामार्फत औँला ठड्याउँदै आएका थिए ।
सन्दर्भटूडे संग कुराकानी गर्दै कवि हरिशरण भन्छन् आन्दोलको क्रममै जन्मिएको कारण प्राय कविता संग्रह भित्र बिद्रोही कविताहरु समेटिएको छ , कैँचीलाई बिम्बको रुपमा प्रयोग गरिएको कविता संग्रह कैँचीमा समाजमा भएका बिकृति , विभेद र कथित जातब्यवस्था बिरुद्धको कविता समेटिएको बताएका छन ।
बेला पब्लिकेसनद्धारा बजारमा आएको कैँचीमा ४२ वटा कवितामध्येमा अधिंकास कविता बिद्रोह समेटिएको उनको भनाई छ , रोजगारिको सिलसिलामा प्रवासमा भएपनि निरन्तर रुपमा जात ब्यवस्था र समाजका अन्य बिकृतिका रुपमा आवाज उठाउदै आएका परियारले आगामी दिनमा नेपालमै आएर निरन्तर काम गर्ने सोच बनाएको उनको भनाई छ ।











